शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानमा पूर्व क्रिकेटर खान २२ औं प्रधानमन्त्रीमा निर्वाचित

शुक्रबार, ०१ भदौ २०७५, १९ : ५२
शुक्रबार, ०१ भदौ २०७५

एजेन्सी– पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् ।

पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् । 

निर्वाचनमा खानले १७६ मत प्राप्त गरेका छन् भने शरिफले ९६ मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित खान नेतृत्वको पार्टी पिटीआई जुलाई २५ मा सबैभन्दा बढी मत प्राप्त गरेर पाकिस्तानकै सबैभन्दा ठूलो पार्टी बनेको थियो । इमरानले शनिबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप