बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थ अभाव हुने आयल निगमको चेतावनी

शुक्रबार, ०१ भदौ २०७५, १९ : १३
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । नेपाल आयल निगमले एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थको अभाव हुने स्पष्ट पारेको छ । 

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोईतले भण्डारण क्षमता अभावमा एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए देशभर पेट्रोलियम पदार्थको अभाव हुने प्रष्ट पारेका हुन् । 

उनले शुक्रबार पत्रकार सम्मेलन गरी हाल निगमसँग पेट्रोल करिव ५ दिन, डिजेल ८ दिन र हवाई इन्धन करिव १० दिन मात्रै धान्ने अवस्था रहेको पनि जानकारी दिए । 

पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाको काम अघि नबढेपछि निगमले भण्डारण क्षमताको अभावमा एक दिन मात्रै ढुवानी अवरोध भए पेट्रोलियम पदार्थको अभाव देशभर हुने जनाएको हो ।

निगमले हालै भारतीय आयल निगमको मूल्य सूचि अनुसार १५ दिनमा करिव २५ करोड घाटा हुने देखिएको पनि जानकारी गराएको छ । निगमका प्रवक्ता गोइतले हवाई इन्धनमा भने घाटा नभएको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप