शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गरियो अटलबिहारी बाजपेयीको अन्तिम दाहसंस्कार (फोटोफिचर)

शुक्रबार, ०१ भदौ २०७५, १९ : ०४
शुक्रबार, ०१ भदौ २०७५

एजेन्सी– भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको शुक्रबार अपरान्ह अन्त्येष्टि गरिएको छ । नयाँदिल्लीको राजघाटस्थित स्मतिस्थलमा उनको अन्त्येष्टि गरिएको हो । वाजपेयीलाई उनकी धर्मपुत्री नमिता भट्टाचार्यले दाग वत्ती दिइन् । उनको विहीबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ९३ वर्षको उमेरमा निधन भएको थियो । 

वाजपेयीको अन्तिम शवयात्रामा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, भाजापाका अध्यक्ष अमित शाह, भाजपाका नेता लालकृष्ण आडवाणी, कांग्रेस आईका अध्यक्ष राहुल गान्धी लगायतका नेता र  हज्जारौं सर्वासधारणको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप