बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकी संहिता लागू हुने दिनको अवसरमा आयोजित विशेष समारोहमा जे देखियो (फोटोफिचर)

शुक्रबार, ०१ भदौ २०७५, १८ : १२
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– आजदेखि मुलुकमा नयाँ मुलुकी संहिता लागू भएको छ । सोही अवसरमा सिंहदबारमा शुक्रबार कानुन मन्त्रालयले एक विशेष समारोहको आयोजना समेत गर्यो । सोही  अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान, कानुन र प्रणालीमा केही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताए । नयाँ ऐनमा केही कमजोरी भयो भन्दैमा त्यसमा अल्झिनु नहुनेमा उनको जोड थियो । 
प्रधानमन्त्री ओलीले भने–‘कुनै नयाँ ठाँउमा हाम्रो दृष्टि पुगेन भने, अनावश्यक कुरा थपिएको छ भने, सामाजिक सम्बन्धमा असर पर्यो भने, कसैको अधिकार खोसिने अनुचित कुरा पर्यो भने संशोधन गर्छौँ, परिमार्जन गर्दै लैजान्छौँ’ । सोही विशेष समारोहमा देखिएका तस्विरहरुलाई हामीले यहाँ फोटोफिचरको रुपमा प्रस्तुत गरेका छौ । तस्विरः कृष्ण खड्का/रातोपाटी 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप