बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उज्वल र खुश्बु पहिलो ‘मिस्टर एण्ड मिस एम्पेरर’

शुक्रबार, ०१ भदौ २०७५, १६ : ०६
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– ‘मिस्टर एण्ड मिस एम्पेरर’ उपाधि उज्वल दुलाल र खुस्बु गिरीले जितेका छन् । बिहिवार राष्ट्रिय सभागृहमा अबेर साँझ आयोजित प्रतियोगितामा दुलालले पुरुष र गिरीले महिलातर्फको उपाधि हात पारेका हुन् । 

दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । ‘मिस्टर एण्ड मिस एम्पेरर’का यी दुई विजेताले म्यूजिक भिडियो लगायतमा विभिन्न अवसर समेत हात पारेका छन् ।

 प्रतियोगितामा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमशः फष्ट रनरअप र सेकेण्ड रनरअप बन्दा महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा क्रमश फष्ट रनर अप र सेकेण्ड रनर अप चुनिए ।

फिनालीमा नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए । 

कार्यक्रममा नायक सलिनमान बानिया, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई लगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप