शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर

शुक्रबार, ०१ भदौ २०७५, १४ : ३३
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर बाड्ने भएको छ ।

बैंकको यही साउन ३१ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।

संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको आर्थिक वर्ष ०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने भएको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी  ८ अरब  ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप