सिटिजन्स बैंकको “मेरो सिटिजन्स बचत खाता” सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता“ ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा “मेरो सिटिजन्स बचत खाता” योजना सार्वजनिक गरे ।
न्यूनतम मौज्दात रु १०० मै खाता खोल्न मिल्ने “मेरो सिटिजन्स बचत खाता” मा निःशुल्क अन्तर शाखा कारोबार (एबीबीएस), निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिंग सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्यूयर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवा जस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध छन् ।
दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने यस बैंकले आगामी दिनमा अझै उत्कृ्ष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ