बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङ नोट–९ को प्रि–वुकिङ खुला

शुक्रबार, ०१ भदौ २०७५, १४ : ०५
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्यन्तै शक्तिशाली ग्यालेक्सी नोट– ९ स्मार्ट फोनको लागि प्रि– वुकिङ खुला गरेको छ । यो नोट श्रृंखला अन्यन्तै नवीनतम र अत्याधुनिक प्रविधीमा आधारित रहेको कम्पनीले बताएको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरुवात गरिएको हो ।

यो स्मार्टफोनमा ४,००० एमएएच व्याट्री रहेको र यसले अन्तिमसम्म पनि काम गर्ने सामसङले जनाएको छ । यो व्याट्री अहिलेसम्मकै नयाँ, ठूलो र प्रमुख हो भने यसमा नयाँ एसपेन कनेक्टीभिटी रहेको छ जुन प्रविधी स्मार्ट फोनमा पहिलो पटक प्रयोग भएको हो । अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्यामराको व्यवस्था समेत यसमा रहेको सामसङले जनाएको छ । 

सामसङ नेपालको मोवाइल विजनेसका प्रमुख प्रणय रत्न स्थापितले सामसङ नोट प्रिमियम प्रविधी र उद्योग परिभाषित आविष्कार भएको र ग्यालेक्सी नोट– ९ त्यसमा अपवाद नभएको बताए । उनले यसको डिजाइन नै एक तहको परफरमेन्स, पावर र इन्टेलिजेन्सलाई दृष्टिगत गरेर गरिएको र अहिले उर्जाको अवस्था र उपभोक्ताको आवश्यकता र चाहनलाई पनि ख्याल गरिएको बताए । 

ग्यालेक्सी नोट– ९, १२८ जीवी र ५१२ जीवीमा उपलब्ध छन् । साथै यसमा माइक्रोएसडी कार्ड पनि राख्न सकिन्छ अनि ग्यालेक्सी नोट –९ मो फोटो, भिडियो र अन्य एप्सहरु राख्नको लागि पर्याप्त ठाउँ रहेको छ । यो एकदमै शक्तिशाली स्मार्ट फोन भएको सामसङको दावी छ ।

१० एनएमको अत्याधुनिक प्रोसेसर र नेर्टवर्कलाई फास्ट वनाउने सपोर्ट रहेको छ जसले गर्दा विना कुनै झञ्जट र विलम्व विना नै डाउनलोड गर्न सकिने कम्पनीको दावी छ । यसमा वाटर कार्वन कुलिङ प्रणाली तथा अन्य प्रविधीहरु रहेका छन् ।

एस पेन यसको सिग्नेचर विशेषता हो र अहिले यो लो इनर्जी सपोर्ट र ब्लुटुथ रहेको छ र प्रयोग सम्पूर्ण रुपमा नयाँ ढंगको रहेको छ । एक क्लिकसँगै अव सेल्फी लिन, सामूहिक तस्वीर लिन, स्लाइडहरु प्रस्तुत गर्न, भिडियो डाउनलोड गर्न तथा खेल्न सकिनुका साथै अन्य धेरै कार्यहरु गर्न सकिन्छ ।

यस वर्षको अन्तिमसम्म यसका डेभलपरहरुले एस पेनको नयाँ, एडभान्स विएलइ कार्यहरुलाई एप्समा एकीकृत गर्ने सामसङको योजना छ । अहिलेसम्म कुनै पनि नोटमा नभएको ठूलो एज टु एड डिस्प्ले सो स्मार्ट फोनमा रहेको छ ।

ग्यालेक्सी विशेषत तीन फरक रंगमा पाइने छ – मिडनाइट कालो, ओसल व्लु र मेटालिक कोपर । यसको मूल्य १,०९,९०० तोकिएको छ । प्रि वुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने सामसङले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप