शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशौं कृति अवार्डस् २०७५ का उत्कृष्ट पाँच घोषणा

शुक्रबार, ०१ भदौ २०७५, १३ : ३३
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौ कृति अवार्डस २०७५ मा उत्कृष्ट पाँच घोषणा भएका छन् ।

कृति अवार्डस् २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सिले सहभागीता जनाएका थिए ।

३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ट ५ मा छनौटमा परेका हुन । होटेल शकंरमा साउन ३० गते आयोजित कार्यक्रममा उत्कृष्ट ५ को घोषणा गरिएको छ ।

नोमिनेसनमा परेका एजेन्सिहरुमा अभानि एडभरटाइजिङ–१७, एएनएस क्रिएसन–१२, प्रिज्मार्क मार्केटिङ–१३,  आउटरिच नेपाल–११, ओएस्टर–९, भिचित्र–९, मेकबेज–८, बिजनेस एडभरटाइजिङ–७, कि एडभरटाइजिङ–७, एड मिडिया–६, क्रियो कम्युनिकेसन–४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२, मार्स र प्रमोटर्स नेपाल–२/२  र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन, एसपि, इको, टेक, अक्षय, वेलकम–१/१ बिधामा मनोनयनमा परेका छन् । 

दशौ कृति अवार्डस २०७५ होटल सोल्टि क्राउन प्लाजामा भाद्र ७ गते हुँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप