शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्स कार मेला सिजन–६ सुरु, उपहारै उपहार

शुक्रबार, ०१ भदौ २०७५, १३ : ०२
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन–६, आजबाट सुरु भएको छ । काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु मेला  ३ दिनसम्म चल्ने सिप्रदीले जनाएको छ ।

मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुसकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदीको भनाइ छ ।

बार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन । कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको छ ।

उक्त मेला अवधिभर ग्राहकहरुले बुकिंग गर्दा गोला प्रथा मार्फत विभिन्न अफरहरु पाउनेछन् जसमाः १ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ जना लाई ६ महिना को निःशुल्क इन्धन रहेको छ ।

यी बाहेक प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज , प्रत्येक  भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत  वासिंग कुपन १ जनालाई र फुल ट्यांक इन्धन १ जनाले पाउने छन् । 

त्यसैगरी फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल पनि प्रदान गरिने सिप्रदीले जनाएको छ । बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा २००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रहने कम्पनीको विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप