पुतलीबजारको बजेट ४८ करोड ३१ लाख
मङ्गलबार, ०३ साउन २०७४, १३ : २६
वालिङ - स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ४८ करोड ३१ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको बजेट निःशर्त अनुदानतर्फ रु २५ करोड ५४ लाख पाँच हजार तथा सशर्त अनुदानतर्फ रु २२ करोड ७७ लाख ८१ हजार रहेको छ ।
चौधवटा वडा रहेको पुतलीबजार नगरपालिकाले प्रत्येक वडामा रु २५ लाखका दरले बजेट विनियोजन गरेको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताउनुभयो ।
पुतलीबजार नगरपालिकाले आगामी पाँच वर्षको कार्ययोजनामा सुकुम्बासीविहीन नगर, भूकम्पपीडितलाई घर बनाउन निःशुल्क जग्गा पासको व्यवस्था, उज्यालो नगर, सरसफाइयुक्त शहर, लागू औषध नियन्त्रण, शिक्षा, खेलकुद, कृषि तथा पर्यटनलगायतलाई प्राथमिकतामा राखेको नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा