शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण : कसको अवस्था कस्तो छ ?

शुक्रबार, ०१ भदौ २०७५, १२ : ४२
शुक्रबार, ०१ भदौ २०७५


गत आर्थिक वर्ष  (२०७४/०७५) को चौथो त्रैमासको वित्तीय विवरण २८ वटै वाणिज्य बैंकले सार्वजनिक गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंक र पुर्णतया सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गरी  २८ वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा सबै बैंकको नाफा देखिएको छ ।  

एनसीसी बैंकको भने नाफा घटेको छ ।

अघिल्लो वर्ष २ अर्ब ६२ करोड १२ लाख रुपैयाँ नाफा गरेको एनसीसीले अहिले १ अर्ब २४ करोड ६ लाख नाफा गरेको छ । 

बैंकहरुले कर्जा लगानीमा आक्रामक हुँदा सम्पूर्ण बैंकिङ सिस्टममै समस्या आएको आरोप लागिरहँदा बैंकहरुले चौथो त्रैममाससम्म कति निक्षेप संकलन गरेर कति कर्जा लगानी गरे भनेर केलाउन खोजिएको छ । 

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अगाडी, कर्जा लगानीमा इन्भेष्टमेन्ट बैंक 

निक्षेप संकलनमा सबैभन्दा अगाडी राष्ट्रिय बाणिज्य बैंक देखिएको छ ।  बैंकले गत आर्थिक वर्षमा १ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यता सबैभन्दा बढी ब्याजदर अफर गरेको एनआइससी एसिया बैंकले पनि १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै इन्भेष्टमेन्ट बैंक, नविल बैंक लगायतको निक्षेप संकलन पनि बढी छ । 

यता कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडी छ । यस बैंकको १ खर्ब २० अर्ब रुपैयाँ कर्जामा लगानी छ । यता राष्ट्रिय वाणिज्य बैंकको एक खर्ब १७ खर्ब रुपैयाँ कर्जामा लगानी छ ।

बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था 

एनसीसी बैंकको सबैभन्दा बढी खराब कर्जा, स्ट्याण्डर्ड चार्डडको सबैभन्दा कम

२८ वटा बाणिज्य बैंकमा अहिलेसम्म एनसीसी बैंकको खराब कर्जा बढी देखिएको छ । यस बैंकको खराव कर्जा ३.८९ प्रतिशत छ । यस्तै कृषि विकास बैंक, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि रहेको छ । सामान्यतया ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसले बैंकलाई समस्यामा पार्छ । 

स्ट्याण्डर्ड चार्टड बैंक सबैभन्दा कम खराब कर्जा छ । एभरेष्ट, ग्लोबल र हिमालयन बैंकको पनि खराब कर्जा कम छ । 

निश्चित समयका लागि दिएको ऋण समयमै नउठेमा त्यसलाई खराब कर्जा भनिन्छ । सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर नाफा आर्जन हुन्छ । यसरी गरिएको लगानी नउठ्दा बैंकको नाफामा गिरावट आउँछ । अनुत्पादक क्षेत्रमा गरिएको लगानी बढी डुब्ने खतरा हुन्छ । 

 कुन बैंकको निस्क्रिय कर्जा कति?

प्रतिसेयर आम्दानीमा राष्ट्रिय वाणिज्य बैंक अगाडी 

गत आर्थिक वर्षको (२०७४/०७५) चौथो त्रैमाससम्ममा अधिकांशको प्रतिसेयर आम्दानीमा गिरावट देखिएको छ । सम्बन्धित बैंकहरुको वित्तीय विवरण अनुसार राष्ट्रिय बाणिज्य बैंकको ५४ रुपैयाँ ४१ पैसा प्रतिसेयर आम्दानी रहेको छ । यद्यपि राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणमा सेयर जारी गरेको छैन । यस बैंकको सर्वसाधारणमा सेयर जारी गर्ने विषयले चर्चा भने पाउने गरेको छ । 

कृषि विकास बैंक, नबिल बैंकको पनि प्रतिसेयर आम्दानी बढी रहेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी सेञ्चुरी कर्मसियल बैंकको ११ रुपैयाँ ४७ पैसा रहेको छ । 
 

कुन बैंकको प्रतिसेयर आम्दानी कति?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप