झापामा आगलागीबाट दुई करोडको क्षति
शुक्रबार, ०१ भदौ २०७५, ११ : ४७
दमक । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ ।
बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ ।
कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो ।
तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै समान जलेको सञ्चालक पोखरेलले बताए । आगलागीबाट पसलको सबै समान जल्दा दुई करोड मूल्यबराबरको क्षति भएकोे सञ्चालक पोखरेलले बताए ।
आगलागी दमक, बिर्तामोडको बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करीब एक घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि