शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पोसाक प्रकरण : बाबुरामले भने ‘नयाँ जोगीको यो खरानी !’

शुक्रबार, ०१ भदौ २०७५, ११ : ०७
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौँ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् । 

सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक लगाउनुपर्ने बताएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । 

बिहीबार राती एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय पोसाकको घोषणा नयाँ जोगीले खरानी धसेजस्तै भएको बताएका हुन् । 

उनले ट्वीटमा यस्तो लेखेका छन्ः

‘व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरीत हुन्छ । कम्युनिष्ट भनिने सरकारले अमुक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्रै नभई संविधानको मर्मविपरीत पनि छ । नयाँ जोगीको यो खरानी !’

२०६८ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दौरा सुरुवाल र साडीचोलोसँगै नेपालमा लगाइने सबै मातृ भेषभूषालाई राष्ट्रिय पोसाक घोषणा गरेका थिए । 

नेपालको संविधान २०७२ ले पनि देशभित्र लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप