शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माल्भिका सुब्बा मेरो आइडल – अभिनेत्री मिरुना मगर

शुक्रबार, ०१ भदौ २०७५, १० : ५१
शुक्रबार, ०१ भदौ २०७५

मिरुना मगर पछिल्लो समय अभिनय क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन् । ‘लालपुर्जा’बाट अभिनयमा डेब्यु गरेकी मिरुना अभिनित अर्काे चलचित्र ‘रोजी’ प्रदर्शनको तयारीमा रहेको छ । तीन चलचित्र अभिनय गरेकी मिरुना करियरका लागि कलाक्षेत्र रोजेको बताउँछिन् । सानैदेखिको अभिनयतिर रुचि भएकी उनको अर्काे रुचि समाजसेवा पनि हो । २००३ मा ‘क्याबिन गर्ल’ नामक चलचित्र अभिनय गरेर पुरस्कारसमेत जित्न सफल उनी बेलायतमै हुर्केबढेकी हुन् । यी नै अभिनेत्री मिरुनासँग दस प्रश्न ।

कति व्यस्त हुनुहन्छ ?
– धेरै त छुइनँ । मेरो दोस्रो चलचित्र ‘रोजी’ प्रदर्शनमा आउँदैछ । यसको अहिले डबिङ र प्रचारप्रसार पनि चलिरहेको छ ।

सौन्दर्यतिर कति इन्ट्रेस्ट छ ?
– अभिनेत्रीको सौन्दर्यतिर इन्ट्रेस्ट त हुनुपर्छ नै । अभिनयको बेला सुटिङ सेटको मेकअप लगाइन्छ । अन्य समय पनि राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले अलिअलि मेकअप गर्ने गरेकी छु । मेकअप गर्ने भन्दैमा जे पनि प्रयोग गर्दिनँ । अलिअलि मस्कराइजर, सन् ब्लक क्रिम र गाजल कहिलै छुटाउँदिनँ ।

फेसनमा रुचि त पक्कै होला ?
– रुचि छ । मलाई जहिले पनि कम्फर्टेबल पहिरन मनपर्छ । धेरै फेसनेबल भएर हिँड्न रुचाउँदिनँ म । आफू जानुपर्ने ठाउँअनुसारको सजिलो पहिरन लगाउँछु । घुँडाघुँडासम्म आउने पहिरन लगाउन मनपर्छ । स्टकटहरू पनि मेरो मनपर्ने पहिरन हो । पहिरन सेन्स मेरो कन्जरभेटिभ टाइपकै छ । 

अभिनय रुचि हो ?
– सानैदेखि थिएटर अभिनयमा आउँन ममीको प्रेरणा थियो । थिएटरभन्दा पनि अझ धेरै चलचित्रमा सिक्न पाइन्छ । नयाँ नयाँ मान्छे भेटिन्छ । नयाँ मान्छेसँग नौलो कुरा सिक्न पाइन्छ भनेर अभिनयमा होमिएकी हुँ । चलचित्र मनोरञ्जनको साधन मात्र होइन । यसले समाजको प्रतिनिधित्व गरिरहेको हुन्छ । 

अभिनयको पहिलो कमाइ के गर्नुभयो ?
– २००३ मा होला । मैले धरानमा एउटा प्रतियोगितामा ‘क्याबिन गर्ल’ भन्ने चलचित्रमा भाग लिएकी थिएँ । बालकलाकारका रूपमा अभिनय गरेको मैले पुरस्कार पनि जितँे । कार्यक्रममा पाएको रकम बच्चाहरूले बोक्ने सानो सानो झोला किनँे ।

मन पर्ने ?
–किताब पढ्न मनपर्छ । नृत्य गर्न मनपर्छ । बच्चाहरूसँग खेल्न समय बिताउन मनपर्छ । खानामा दालभात तरकारी, सेल रोटी, गुन्द्रुक लगायत अधिकांश नेपाली खाना ।

कस्तो स्वभावकी केटी ?
– जो कोहीसँग पनि पहिलो भेटमै घुलमिल हुन नसक्ने, अलि गम्भीर स्वभावकी भएको । फ््रयाङ्क स्वभाव छ मेरो ।

प्रेम त पक्कै होला ?
छैन, अहिले यो कुरामा ध्यान दिने बेला पनि भएको छैन । मलाई अरूका लागि राम्रो भावना राख्ने असल स्वभाव भएको केटा मनपर्छ । 

घुम्न मनपर्ने ठाउँ ?
–प्राकृतिक सौन्दर्यले भरिएका पहाडहरू मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– मैले सानैदेखि हेरेको, फलो गरेको पूर्व मिस नेपाल माल्भिका सुब्बा हुनुहन्छ । उहाँसँग नै जान चाहन्छु । उहाँसँग भेट्न पाए धेरै कुरो सिक्न सक्थँे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप