बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्वार्ता लिँदा जबर्जस्ती युवतीसँग हात मिलाउन खोजे, पाँच लाख जरिवाना

शुक्रबार, ०१ भदौ २०७५, १० : १४
शुक्रबार, ०१ भदौ २०७५

स्विडेनको एक कम्पनीमा मुस्लिम युवतीको अन्तर्वार्ता लिइरहेका व्यक्तिले जबर्जस्ती उनीसँग हात मिलाउन कोसिस गरे । युवतीले अस्विकार गर्दा उनलाई जागिर दिइएन । पीडितको उजुरीपछि  अदालतले कम्पनीलाई भेदभावको मामलामा दोषी ठहर गर्दै ४० हजार क्रोनर अर्थात् पाँच लाख २९ हजार रुपैयाँ जरिवाना लगायो ।

युरोपका केही देशमा हात मिलाउने परम्परा छ, तर केही मुस्लिम महिला पुरुषसँग हात मिलाउन चाहँदैनन् । यसै कारण त्यहाँका थुप्रै कम्पनी र सार्वजनिक निकायमा भेदभाव विरोधी नियम बनाइएको छ ।

युवतीले भनिन्, ‘धामिर्क भावनासँगको खेलबाड सह्य छैन’:

उपासला काउन्टी (स्टकहोम) निवासी २४ वर्षे फराहले आफू अल्पसंख्यक समुदायको हुँदा हुँदै पनि हार नमानेको बताइन् । उनले कसैलाई पनि दुःख दिन नचाहेता पनि धार्मिक भावनासँगको खेलबाड असह्य भएको बताइन् ।

स्विडेनमा प्रशासनसँग जोडिएका एक अधिकारीले फराहको मामलामा अन्तर्वार्ता लिने व्यक्तिले जानीजानी गलत व्यवहार गरेको बताए । उनले भने, ‘देशमा कसैले पनि धार्मिक स्वतन्त्रताविरुद्ध खेलबाड गर्नु हुँदैन ।’

कम्पनीले यस्तो जवाफ दिएको थियोः

कम्पनीका अधिकारीले आफूले महिला र पुरुष कर्मचारीलाई समान व्यवहार गर्ने भएकाले कुनै पनि महिलाले पुरुष कर्मचारीसँग हात मिलाउन अस्विकार गर्न नसक्ने बताए ।

यसबारे अदालतले महिला र पुरुषमा समान व्यवहारका लागि कम्पनीले हात मिलाउने कुरालाई परिमान मानिरहेको छ । युवतीले आफ्नो धर्म अनुसार हात मिलाउन अस्विकार गरिन् । युरोपको मानवाधिकार कानून हरेक नागरिकको धामिर्क स्वतन्त्रताको सम्मान गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप