बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकाएक किन चर्चामा आए ‘संसारकै गरिब राष्ट्रपति’

शुक्रबार, ०१ भदौ २०७५, ०९ : ००
शुक्रबार, ०१ भदौ २०७५

बीबीसी

उरुग्वेका पूर्व राष्ट्रपति होजे मुहिकालाई संसारको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनिन्छ । उनको निकै साधारण जीवनशैलीका कारण उनले यस्तो उपाधि पाएका हुन् । राजनीतिबाट अवकाश पाएपछि उनले पेन्शन लिनसमेत अस्विकार गरे ।

राष्ट्रपति पदपछि मुहिका सन् २०१५ देखि उरुग्वेको संसदमा सिनेटर पनि भए । मंगलबार उनले आफ्नो कार्यकाल पूरा हुन अघि नै राजिनामा दिए । ८३ वर्षका मुहिकाले आफू यो लामो यात्राबाट थाकिसकेकाले आफ्नो कार्यकाल पूरा गर्न नसक्ने बताउँदै राजिनामा दिएका हुन् ।

मुहिकाले सिनेटकी अध्यक्ष र उप–राष्ट्रपति लुसिया तोपोलान्स्कीलाई आफ्नो राजिनामा पत्र बुझाए, जो उनी श्रीमती पनि हुन् ।

पत्रमा उनले राजिनामाको कारण नीजि भएको बताए ।

बामपन्थी मुहिकाले राजिनामा पत्रमा लेखे, ‘तर पनि जबसम्म मेरो दिमागले काम गरिरहन्छ, म एकता र विचारको युद्धबाट राजिनामा दिन सक्दिनँ ।’

व्यंग्यात्मक भएका कारण बदनामः

मुहिका व्यंग्यात्मक र रचनात्मक तरिकाले कुरा गर्दथे । उनले आफ्नो राजिनामा पत्रमा लेखेका छन्, ‘यदि मेरा कुनै पनि सहयोगीलाई बहसको क्रममा नीजि रुपमा दुःखी तुल्याएको छु भने यसका लागि माफी चाहन्छु ।’

सन् २०१३ मा उनले अर्जेन्टिनाका तत्कालीन राष्ट्रपतिसँग माफी पनि माग्नु परेको थियो । उनले राष्ट्रपति क्रिस्टिनालाई ‘बुढी बोक्सी’ भनेका थिए । साथै क्रिस्टिनाका श्रीमान् र अर्जेन्टिनाका पूर्व राष्ट्रपति नेतोर किर्सनरको आँखाको रोगबारे पनि गलत टिप्पणी गरेका थिए ।

उनको यो टिप्पणी एक पत्रकार सम्मेलनको क्रममा रेकर्ड भएको थियो जब उनलाई अन्दाज थिएन कि माइक्रोफोन अन थियो ।

सन् २०१६ मा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मेदुरोलाई ‘बाख्राजस्तो पागल’ भनेका थिए ।

साधारण जीवनशैलीः

राष्ट्रपति हुँदा पनि उनले राष्ट्रपति भवनमा बस्न अस्विकार गरेका थिए ।

त्यतिबेलादेखि अहिलेसम्म उनी श्रीमतीसँगै राजधानी मोन्टेभिडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बस्छन् । दुबै श्रीमान्–श्रीमती विद्रोही समूहका सदस्य पनि थिए ।

राष्ट्रपति कालमा उनले आफ्नो धेरैजसो सम्पत्ति दान दिएका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग एउटामात्र सम्पत्ति थियो – १९८७ फोक्सव्यागन बीटल कार ।

हल्का निलो रङको उनको कार यति चर्चित भयो कि सन् २०१४ मा यो खरिद गर्न उनलाई १० लाख डलरको अफर पनि दिइयो । तर उनले अस्विकार गरे । उनले त्यतिबेला भनेका थिए, ‘म यो कारबिना मेरो कुकुरलाई कतै पनि लैजान सक्दिनँ ।’

मुहिकाको राजिनामा अचानक भने आएको होइन । उनले अगस्त तीनमा आफू अन्तिम पटक संसदमा आउने बताएका थिए ।

संसदको सत्रको क्रममा उनका विरोधीले मुहिकाले राजनीतिबाट अवकाश लिने नलिनेबारे आफूहरु विश्वस्त नभएको बताएका थिए ।

सिनटेर लुईस अलबर्टो हिबरले भने, ‘मैले सुनेको छु कि उनले सन् २०१९ मा दोस्रो पटक चुनाव लड्नका लागि राजिनामा दिइरहेका छन् । ’  

उनले भने, ‘आफ्नो खाली समयमा हाम्रो पार्टी विरुद्ध काम गर्नुको साटो आराम गरेर बिताउनुहोस् । तपाईंलाई शुभकामना !’

एकातर्फ उनका सहयोगीले उनलाई शुभकामना दिइरहेका छन् भने सोसल मिडियामा उनका आलोचकले उनलाई सन् १९६० र ७० को दशकमा विद्रोही समूहको सदस्य भएका कारण माफी माग्नु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप