बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेनेलीको नयाँ शाखा अब कुपण्डोलमा

बिहीबार, ३१ साउन २०७५, १९ : ०४
बिहीबार, ३१ साउन २०७५

काठमाडौं । नेपालको लागि बेनेली मोटरसाइकलको अधिकृत वितरक काठमाडौं इन्टरनेशनल ट्रेडिङ्गले ललितपुरको कुपण्डोलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ ।

बेनेलीका बाइकहरुमा टिएनटि १३५, लियोनसिनो, टोर्नाडो ३०२, टिआरके ५०२ र टिएनटि ६०० रहेका छन्, यी बाइकहरु स्टाइल, पावर र कार्य क्षमताका दृष्टिकोणले सर्वोत्कृष्ट रहँदै आएका छन् ।

हालैका दिनहरुमा बाइकको छनौटमा आएको परिवर्तनलाई मध्यनजर राख्दै बेनेली पनि माग अनुसार आफ्ना उत्पादनहरु पेश गर्न सबल भएको छ ।

टिएनटि १३५ ती ग्राहकका लागि हो जो सदैव उत्ृकष्ट देखिने अनि स्कूटर सरह सजिलो र सुविधाजनक बाइकको खोजीमा रहने गर्दछन् ।

नेपालका सडकहरु पिक समयमा अधिक भीडभाड रहने र चालकहरुले सहजताका लागि स्कूटरमा आफूलाई सजिलो महसुस गर्ने गरेकाले बेनेलीले टिएनटि १३५ मा सोही अनुरुपको आकर्षक स्टाइल र सुविधा उपलब्ध गराएको छ ।

कुपण्डोलमा खुलेको यो नयाँ शोरुम दक्ष प्राविधिकहरु र पूर्ण उपकरण सहितको भएको शोरुमले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप