मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल प्रयोग गर्न नदिएको भन्दै जवानद्वारा मेजरको गोली हानी हत्या

मङ्गलबार, ०३ साउन २०७४, १३ : ०१
मङ्गलबार, ०३ साउन २०७४


श्रीनगर – जम्मु कश्मीरको उरी सेक्टरमा मंगलबार सेनाको एक जवानले मेजरलाई गाली हानेर हत्या गरेका छन् ।


हिन्दुस्तान टाइम्समा छापेको समाचार अनुसार जवानले मेजरमाथि पाँचवटा गोली प्रहार गरेका थिए । जसको कारण उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
आर्मर्ड रेजिमेन्टबाट आएका ७१ वर्षीय मेजर शिखर थापा हाल ८, राष्ट्रिय राइफलसँग जोडिएका थिए ।


सेनाका अधिकारीहरुले यस घटनाको पुष्टि गर्दै यसबारे छानबी भइरहेको बताएका छन् ।


समाचारका अनुसार मेजरले जवानलाई संवदेनशील क्षेत्रमा ड्युटी गरिरहेको बेला मोबाइल फोन प्रयोग गरेको कुरा कमान्डिङ अफिसरलाई सुनाउने बताएका थिए ।


फोन जफत गरेपछि दुवैबीच भनाभन भएको र त्यही क्रममा एके–४७ राइफलबाट मेजरमाथि गोली प्रहार गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप