चर्चामा ओखलढुंगाका राष्ट्रिय भलिबल खेलाडी हरि अधिकारी
रामहरि श्रेष्ठ
ओखलढुंगा– एसिया महादेशकै सवैभन्दा ठुलो प्रतियोगिताको १८ औँ संस्करण भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुदैछ । इन्डोनेसियाको राजधानी जाकर्तामा सुरु हुने एसियन गेम्सको भलिबल तर्फको खेलमा नेपालले पनि ३२ बर्षपछि सहभागिताता जनाउने मौका पाएको छ । प्रतियोगितताका लागी नेपाली भलिवल टोलीलाई राष्ट्रपति विद्यादेवी भन्डारीले बिदाई गरिसकेकी छन् ।
प्रतियोगितामा छनोट भएका १२ जना खेलाडीहरुमध्ये ओलखढुंगाका एक युवा समेत टिममा अटाएका छन् । जिल्लाको चिसंखुगढी गाँउपालिका १ कुईभिरका हरि अधिकारीले राष्ट्रिय स्तरको भलिवल टिममा परी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेका हुन् । २५ बर्षिय अधिकारी बाल्यकाल देखिनै भलिवलमा निकै रुचि राख्दथे । उनले विद्यालय पढ्दा देखीनै विभिन्न प्रतियोगिताहरु खेलिसकेका थिए । खेलकुदमा निकै नै रुचि भएपनि परिवारीक अवस्था र खेलले मात्रै जिवन धान्न नसक्ने भएपछि उनी नेपाल आर्मीमा भर्ना भए ।
२०६८ सालमा नेपाल आर्मीमा भर्ना भएका उनि आर्मीको जागीर भित्र पनि खेलकुदलाई रोजे । जागीरको सिलसिलामा धेरै ट्रेनिङहरु लिए । उनि भलिवल मार्फत नै बिस्तारै गणबाट पृतना हुदै त्रिभुवन आर्मी क्लमा प्रवेश गर्न सफ भए ।
त्यसपछि उनले धेरै राष्ट्रिय स्तरका भलिवल खेलहरु खेलिसकेका छन् । अहिलेसम्म अधिकारीले ६ वटा भन्दा बढी राष्ट्रिय स्तरको प्रतियोगितामा भग लिएका छन् । ‘यहाँ सम्म आउनलाई मैले धेरै दुख गरेको छु ,मेरो सपना थियो भलिवलमै केहि गर्छु भन्ने त्यतिबेला भलिबल मात्रै खेलेर जिबन धान्न नसकेर अनि आर्मीको जागीर खाँए ’ उनले भने ।
उनि भुपध्वज अधिकारी र लक्ष्मी अधिकारीका जेठो सन्तान हुन् । मध्यमवर्गीय परिवारमा जन्मिएका अधिकारी अहिले राष्ट्रिय स्तरको फुलबल टोलीमा परेपछि उनिको चौतर्फी चर्चा हुन थालेको छ । उनी भन्छन् ‘अहिले जिल्लामा मात्र होईन देशले नै चिनेको छ । यसलाई नै मैले मेरो गौरव ठानेको छु’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी