शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलमा सवार १ जनाको मृत्यु, आक्रोशित भीडले जलायो विङ्गर गाडी

बिहीबार, ३१ साउन २०७५, १७ : ५४
बिहीबार, ३१ साउन २०७५

 तेजेन्द्र के सी.

बुटवल–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ह्विंगर गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आक्रोशित स्थानीयले ह्विंगर गाडी जलाएका छन् । सैनामैना ४ मुर्गिया लायन्स चोक नजिकै लु.१ ज २७२८ नम्बरको ह्विंगरले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक सैनामैना ४ का ४० बर्षीय शेरबहादुर कुँवरको ज्यान  गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवलतर्फ आउदै गरेको ह्विगंरले सैनामैना १ रानिवगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो  ।

ह्विंगरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयहरुले ह्विंगरमा आगो लगाएका  थिए  । ओभरट्रक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले स्थानीयलाई उद्धृत गर्दै जनाएको छ । स्थानीयले आक्रोश पोख्दै ठक्कर दिने विङ्गरमा आगजनी गरेका छन्  ।

विग्ङगरमा लागेको आगोलाई दमकलले नियन्त्रण गरेता पनिे विग्ङगर पूर्णरुपमा ध्वस्त भएको छ । ठक्कर दिने विग्ङगरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप