बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एजुकेशन एण्ड माइग्रेसन कर्नरले मनोज गजुरेल र साम्राज्ञीलाई एउटै मञ्चमा ल्याउने

बिहीबार, ३१ साउन २०७५, १७ : ३९
बिहीबार, ३१ साउन २०७५

काठमाडों । एजुकेशन एण्ड माइग्रेसन कर्नरले लोकप्रिय हास्य कलाकार मनोज गजुरेल र अभिनेत्री साम्राज्ञी राज्यलक्षमी शाहलाई एउटै मञ्चमा ल्याउने भएको छ ।

कर्नरले गरेको एजुकेशन फेयरमा उच्च शिक्षा अध्ययनका निम्ती अष्ट्रेलिया लगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई आफ्नो संस्थाले मनोरञ्जनात्मक र सन्देशमूलक सुझाव र सल्लाह दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुनिल उप्रेतीले बताए  ।

शनिबार होटल अन्नपूर्णमा यी दुवै कलाकारहरुले विद्यार्थीमाझ आफ्नो अनुभव साट्ने र विभिन्न प्रस्तुती गर्ने अध्यक्ष उप्रेतीले बताए  । साथै उत्प्रेरक सुधन ज्ञवालीले विदेश जान लागेका युवाहरुलाई सुझाव र सल्लाह दिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप