शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्भिक हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच स्वास्थ्य सेवा सम्झौता

बिहीबार, ३१ साउन २०७५, १५ : ०३
बिहीबार, ३१ साउन २०७५

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच स्वास्थ्य सेवा सम्वन्धी सम्झौता भएको छ ।

नर्भिक हस्पिटलमा राष्ट्रिय वाणिज्य वैंकका कर्मचारी, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा वैंकको डेविट कार्ड होल्डर ग्राहकहरु र तिनका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् ।

सो सम्बन्धमा नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए । 

समझदारीअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर/रेटमा एम्वुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकका कर्मचारी लगायत माथि उल्लेखित सवै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने प्याथोलोजी, अत्याधुनिक एम.आर.आई. र सी.टी.स्क्यानसहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रिया शुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप