शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो एफनाइन भीओओसी फ्ल्यास चार्ज र ग्राडियन्ट कलर डिजाइन सहित आउने

बिहीबार, ३१ साउन २०७५, १४ : ३७
बिहीबार, ३१ साउन २०७५

काठमाडौं । ओपोले यही अगस्ट महिनाको अन्त्य सम्ममा आफ्नो नयाँ मोडल ओपो एफनाइन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । ओपो एफनाइन ब्राण्ड एफसिरिज अन्तर्गतको नयाँ स्मार्टफोन हो । यसमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ । 

भीओओसी फ्ल्यास चार्जले कमभोल्टेज फास्ट चार्जिङ प्रविधि मार्फत अत्यधिक तिब्र गतिमा चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । ५भी/४ए साधारण कन्फिगरेसन मार्फत यस नयाँ प्रविधिले ५भी/१ए चार्जिङ प्रविधिका तुलनामा ४ गुणा तिब्र चार्जिङ गतिप्रदान गर्छ । तिब्र चार्जिङ क्षमताको ग्यारेण्टिका साथै भीओओसीले सुरक्षित चार्जिङ प्रक्रियाको समेत सुनिश्चितता प्रदान गर्छ । 

ओपो एफनाइनमा कम्पनीले एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ । यूवावर्ग माझ ग्राडियण्ट कलरको बढ्दो लोकप्रियतालाई ध्यानमा राखि कम्पनीले यो डिजाइन आफ्ना सेटमा अवलम्बन गरेको बताएको छ । 

कम्पनीद्वारा नयाँफोन प्रकृतीबाट अभिप्रेरित भई ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध गराउने तयारी रहेको छ । डिजाइनमा एकरुपता कामय गर्ने सोचका साथ कम्पनीले फोनको साइड फ्रेममा समेत ग्राडियण्ट डिजाइन उपलब्ध गराएको छ ।

ओपोले नयाँ फोन एफनाइनमा पृथक ग्राडियण्ट कलर अप्सनका साथै, ओपोकै पहिलो एफएचडी + वाटरड्रप स्क्रिन (९०.८% सम्मको स्क्रिन टू बडी रेसियो)को पनि प्रयोग गरेको छ । यसले फोनको आकारलाई भद्दा नबनाइकनै जीवन्त दृष्यानुभुतिको मज्जा लिन सघाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप