बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोहोर संकलन गरेर चलेको जीन्दगी, मासिक ४ लाखसम्म आम्दानी

बिहीबार, ३१ साउन २०७५, १४ : १०
बिहीबार, ३१ साउन २०७५

पार्वती खड्का
काठमाडौं । फोहोर संकलन गरेरै रामेछापका बबरमान तामाङले आफ्नो जीन्दगी चलाइरहेका छन् । 

जोरपाटीस्थित बागमती नदी  नजिकै बबरमानको फोहोरमैला सेग्रिगेसन सेन्टर छ । ‘क्रियटिभ सरसफाइ प्राली’ नामको त्यही सेग्रिगेसन सेन्टरमार्फत फोहोर संकलन गरेर उनले मनग्य आम्दानी गर्दै आएका छन् । 

सेग्रिगेसन सेन्टरमा बूढानीलकण्ठ, कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाको फोहोर संकलन हुने गरेको उनले बताए । दैनिक ६ हजार घरधुरीको फोहोर संकलन गर्नका लागि बबरमानले ४३ जनालाइ रोजगारी त दिएकै छन् त्यसबाट मासिक ४ लाखसम्म आम्दानी समेत गर्दै आएका छन् । 

बबरमानको कम्पनीले संकलित फोहोर छुट्याएर सिसा, प्लास्टिक, मेटल, जस्ता समान कवाडिमा बिक्रि गर्छ । पुनःप्रयोगमा ल्याउन सकिने अन्य फोहोरजन्य बस्तुहरुको पनि विक्रि गर्नछन् । यद्यपी अझैपनि चाहेजति फोहोर पुनःप्रयोगमा ल्याउन नसकिएको उनले सुनाए । 
 ‘मरेका जनावरका मासु, भान्छाबाट निस्केको फोहोर, हस्पिटल तथा स्कुलबाट निस्कने सबै फोहोर प्रयोगमा आइहाल्छ’ उनले भने, ‘तर जग्गाको समस्याले गर्दा संकलित सबै फोहोर छुटयाएर विक्रि गर्न सकिएको छैन, जम्मा ४ रोपनी जग्गालाई ७० हजार भाडा तिरेको छु ।’  

अबका दिनमा सबै फोहोर रिसाइकल गर्ने गरी काम गर्ने योजनामा आफू रहेको उनले बताए । 


११ वर्षको कलिलो उमेरमा रामेछापको डोग्माबाट शहरको सुकिलो मान्छे बन्ने रहर पालेर काठमाडौं छिरेका तामाङले फोहोरमैला व्यवस्थापनको काम गरेर आम्दानी हुन्छ भन्ने सोचेकै थिएनन् । 

तर गरे के हुन्न र ? निरन्तरको लगानशीलता र मेहनतले उनी अहिले फोहोर संकलन गरेरै  मनग्य आम्दानी गर्न सक्ने एक उद्यमी बन्न सफल भएका  छन् । 
विगतको संघर्षका दिन सम्झिँदै उनी भन्छन्, ‘अहिले त फोहोर जति पनि पाइन्छ, उतिबेला हामीले काम सुरु गर्दा त फोहोर पाउनै मुस्किल हुन्थ्यो ।’ 
फोहोर टिपेर मोहोर बनाउन जानेका बबरमानलाई अहिले शहरमा मान्छेले फोहोर फाले जस्तो लाग्दैन ।  ‘शहरियाहरुले दिनहुँ पैसा फालिरहेका छन्’, उनी भन्छन्, ‘यो त मोहोर हो ।’ 

बबरमानले काठमाडौं टेक्दा चुच्चेपाीस्थित पासाङल्हामुको शालिक नजिकै फोहोरकोे डंगुर हुन्थ्यो ।  विगत सम्झदै उनले भने, ‘त्यो फोहोरले हामीलाई काम सकेर डेरामा आउन जान पनि साह्रै मुिस्कल हुन्थ्यो

।’ 

बबरमानलाई त्यही फोहोरको डंगुरले नै यसैमा काम गरौं भन्ने लाग्न थाल्यो । उनले भने,  ‘हामी ४– ५ जना मिल्यौं र काठमाण्डौं महानगरपालिकाका तत्कालिन वातावरण शाखा प्रमुख शान्ताराम पोखरेललाइ फोहोरको गुनासो ग¥यौं, नीजि कम्पनीले फोहोर व्यवस्थापन गर्न सक्ने कुराको निधो भएपछि काम थाल्यौं ।’ 
 
प्रगतिशील युवा समूह हुँदै बौद्ध सरसफाइ प्राली खोलेर आफ्नो व्यवसाय अगाडि बढाएका उनले करिब ५ वर्ष त रिक्सामा फोहोर बटुल्ने काम गरे।  

‘पहिले त खासै फोहोर पाइन्नथ्यो, हामी फोहोर मात्रै बटुल्दैनौं थियौं, मान्छेका गाली पनि खान्थ्यौं’ उनले भने, ‘मैले रिक्सामा फोहोर बटुल्दा उतिबेला  चिनजानका केही मान्छेहरु अझै छन् ।’ 

उनले रिक्सामा फोहार संकलन गर्दाको दुर्व्यवहार छ भनिसाध्य छैन । तर उनले  त्यसको कुनै परबाह गरेनन् बरु निरन्तर वेपर्बाह काम गरिरहे । हुन त  फोहोर संकलकलाई दुव्र्यवहार गर्ने परम्परा अहिले पनि उस्तै लाग्छ बबरमानलाई ।  भन्छन्, ‘फोहोर संकलन गर्न जाँदा माथिबाट फाल्दिने, नबोल्ने, गर्नुहुन्छ ।’ 

बबरमान अरुको हेपाहा प्रवृत्तिको खुलेर प्रतिवाद गर्दैनन्, कसैले नराम्रो भनिहाले पनि बबरमान जवाफ फर्काउँदैनन् ।  बरु निरन्तर आफ्नो काममा खटिएका छन्, त्यसैले त उनी फोहोर संकलनबाट पनि मनग्य आम्दानी गर्ने सक्ने उद्यमी बन्न सफल बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप