शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तटबन्ध पुनःनिर्माण भएपछि बस्तीसँगै सयौँ बिगाहा जग्गा सुरक्षित

मङ्गलबार, ०३ साउन २०७४, १२ : २३
मङ्गलबार, ०३ साउन २०७४

लहान -कलान नदीको बाढीले कटान गरेको तटबन्ध पुनःनिर्माण भएपछि साविक सिरहाको कर्जन्हा गाउँपालिका–२ बन्दीपुरका बासिन्दा खुशी भएका छन् । 

बाढीले बाँध कटान गरेपछि घरबारविहीन बन्ने हो कि भन्ने चिन्तामा डुबेका स्थानीय अहिले बाँध पुनःनिर्माण भएसँगै खुशी भएका हुन् । सिरहा र धनुषा जिल्लाको पूर्वी भेगमा रहेको कमला नदीमा अघिल्लो वर्ष धार परिवर्तन गरी आएको बाढीले सिरहाको कर्जन्हा गाउँपालिका नजिकै करिब १०० मिटर बाँध कटान गरेको थियो । 

बाढीले कटान गरेको स्थानमा यस वर्ष जनकपुरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले स्थानीय उपभोक्ता समितिमार्फत बाँध पुनःनिर्माण गर्नुका साथै बाढी नियन्त्रणका लागि जियो ब्याग स्टर्डका तथा नौ मिटर लम्बाइ र तीन मिटर उचाइको पाँच वटा स्परसमेत निर्माण गरेको छ । 

बाँध पुनःनिर्माण भएसँगै बाढीको उच्च जोखिममा रहेको सयौँ बिगाहा खेतीयोग्य जग्गासमेत सुरक्षित भएको स्थानीयले बताएका छन् । बाढीले कटान गरेको स्थानमा बाँध पुनःनिर्माण नहुँदा आफूहरुमा डर त्रासको स्थिति थियो, कर्जन्हा गाउँपालिका राजकुमार श्रेष्ठले भन्नुभयो– “बाँधको पुनःनिर्माणसँगै अब बस्ती र खेतीयोग्य जग्गा समेत सुरक्षित भएको छ ।” 

कुल रु ८४ लाख ४८ हजारको बजेटमध्ये रु ७६ लाखको लागतमा बाँध र स्पर निर्माण गरिएको इन्जिनियर पुरुषोत्तम साहले जानकारी दिनुभयो । उहाँले पहिलाको भन्दा यसपालिको तटबन्ध र स्पर निर्माण सामग्री गुणस्तरीय रहेको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप