बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केमा होला साम्राज्ञीको ह्याट्रिक ?

बिहीबार, ३१ साउन २०७५, १२ : ०३
बिहीबार, ३१ साउन २०७५

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई हिरोइन अनुबन्द गरिए चलचित्र चल्छ भन्ने मानसिकता केही निर्माता निर्देशकमा गढेको छ । उनी अभिनित ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’को सफलताले निर्माता निर्देशकमा यो छाप परेको हो । यो छापका कारण अभिनेत्री साम्राज्ञीले पनि आफ्नो रेट १० लाख पुर्याएकी हुन् । 

साम्राज्ञी लिँदैमा चलचित्र चल्छ भन्ने सोच राख्ने निर्माता निर्देशकले अब भने एकपटक सोच्नु पर्ने अवस्था आएको छ । उनी अभिनित दुई चलचित्र ‘तिमी सँग’ र ‘कायर’ सो अवस्था निम्त्याएको हो । उनी अभिनित यी दुबै चलचित्रले दर्शकको साथ राम्रो पाउन सकेन । 

डेब्यु चलचित्र ‘ड्रिम्स’मा अभिनेता अनमोल केसीलाई समेत आछुआछु बनाएर ‘डिमाण्डेड’ अभिनेत्री बन्न सफल उनको हाइट  ‘ए मेरो हजुर २’ले झन् बढायो । सलिमान बाँनियासँग यो चलचित्र रोमान्स समेत दर्शकले रुचाए ।

त्यसपछि आएका ‘तिमी सँग’ले पनि बक्सअफिसमा सुखद नजिता ल्याउने धेरैको विश्वास थियो । साम्राज्ञी पनि ‘तिमीसँग’बाट सफल चलचित्रको ह्याट्रीक गर्ने सोचमा थिइन् । तर सो सपना पूरा हुन सकेन । चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो ।

‘तिमि सँग’ बक्स अफिसमा पछारिए पनि चर्चाका हिसावले हिट लिस्ट रहन सफल साम्रज्ञीलाई अभिनेता आर्यनले सिग्देलले आफ्नो चलचित्र ‘कायरा’मा अनुबन्धित गरे । अहिलेसम्मकै बढी रकम अर्थात १० लाखमा । ओरालो लागेको आफ्नो स्टारडम साम्रज्ञीसँगको सहकार्यले फर्किन्छ भन्ने आर्यनको सोच थियो । तर ‘कायरा’ले स्टारडम फर्काउने त परै जाहोस् समिक्षकको समेत मन जित्न सकेन ।

साम्राज्ञी अभिनित अर्काे एक चलचित्र ‘इन्टु मिन्टु लन्डन’मा अहिले प्रदर्शनको तयारीमा छ । लगातार दुई चलचित्र सफल दिएकी साम्राज्ञीको यो चलचित्र के हुन्छ यसै भन्न सकिन्न । तर यो चलचित्रले उनलाई सफल वा असफल दुई मध्य एकमा भने ह््याट्रीक दिलाउने छ ।

यो चलचित्र सफल भए उनी अभिनित तीन चलचित्र सफल हुनेछन्  भने असफल भए लगातार असफल चलचित्रको ह्याट्रिक हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप