शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोलिदेखि कलङ्की अन्डरपास सञ्चालनमा आउने

बिहीबार, ३१ साउन २०७५, ११ : ५५
बिहीबार, ३१ साउन २०७५

काठमाडौं–चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ । 

सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए । 

उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ ।  ‘अन्डरपास’  चार लेन फराकिलो र ३८ मिटर लामो छ । 

यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् । 

खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप