बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ लागेर बाँचेका १९ भाग्यमानीका तस्बिरहरु

बिहीबार, ३१ साउन २०७५, ११ : ४२
बिहीबार, ३१ साउन २०७५

बोर्ड पाण्डा

खराब मौसमका बेला आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई चट्याङ भनिन्छ । चट्याङ निकै खतरनाक मानिन्छ किनभने यसका कारण वर्षेनी दर्जनौंले अकालमा ज्यान गुमाउँछन् । यो एक प्राकृति प्रकोप हो जसलाई रोक्न सकिँदैन, कतिबेला कसमाथि बज्रिन्छ, त्यो पनि थाहा हुँदैन ।

चट्याङ लाग्दा ९० प्रतिशत मानिसको मृत्यु हुन्छ । तर कहिलेकाँही यो बिजुलीले शरिरलाई छुँदै गयो भने भने यसले धेरै नोक्सान गर्छ । शरिरमा चट्याङ पर्दा कयौं डरलाग्दा निशान बन्छन् । ट्याटुजस्तै देखिने यी निशानलाई लिचेनबर्ग भनिन्छ ।

जब मानिसलाई चट्याङ पर्छ तब शरिरका छालामुनी भएका तन्तु र नशामा करेन्ट र ताप निकै तीब्र गतिमा बग्छ । उक्त करेन्ट शरिरका अंगहरुबाट बाहिर निस्कने कोसिस गर्छ जसका कारण नशा फुट्छन् र छालामा विचित्र आकृति बन्ने गर्छन् ।

यदि करेन्ट शरिरको माथिल्लो भागमा पर्यो भने आँखाको नानी नै फुट्छ ।

चट्याङ सूर्यभन्दा पाँच गुणा बढि तातो हुन्छ । चट्याङ लागेपनि मानिस बचेका घटना निकै कम छन् । यहाँ हामी तपाईंलाई चट्याङमा परेर बाँच्ने ‘भाग्मानी’ हरुको तस्बिर देखाउँदैछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप