शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डलर महंगिएर ११२.१४ रुपैयाँ पुग्यो, अरु मुद्राको अवस्था के छ ?

बिहीबार, ३१ साउन २०७५, ११ : ३९
बिहीबार, ३१ साउन २०७५

काठमाडौं–अमेरीकी डलर झन् झन् मजबुत बन्दै जाँदा नेपाली रुपैयाँ कमजोर हुदै गएको छ ।

 बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ५४ पैसा तोकेको छ । अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १२ रुपैयाँ  १४पैसा कायम भएको छ । 

एक यूरोको खरिददर १ सय २६ रुपैयाँ १५  पैसा छ भने बिक्रिदर १ सय २६ रुपैयाँ ८३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर  १० रुपैयाँ ५ पैसा र बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ६७ रुपैयाँ २७ पैसा र बिक्रिदर ३ सय ६९ रुपैयाँ २५ पैसा रहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप