बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्याक्समनिले  तिरेन हिमालयन  बैंकको बक्यौता, उल्टै बद्नाम गर्ने प्रयास

बिहीबार, ३१ साउन २०७५, ११ : ३०
बिहीबार, ३१ साउन २०७५

काठमाडौं– मलेसियन कम्पनी  म्याक्समनि एस. डि. एन. वि. एच. डि.  ले आफूविरुद्ध गलत प्रचार गरेको भन्दै हिमालयन बैंकले ध्यानकर्षण भएको जनाएको छ । 

बैंकले एक विज्ञप्तिमार्फत विप्रेषणको कारोवार गर्दै आएको म्याक्समनिसँग आफूले ठूलो रकम भुक्तानी लिनुपर्ने जनाएको छ ।  भुक्तानी पाउनुपर्ने रकम असुल उपर गराउन बैंकले पटक पटक आग्रह गरे पछि म्याक्सपनिले उल्टै बैंकविरुद्ध गलत आरोप लगाएको दाबी गरेको छ ।

म्याम्सपनिले बैंक माथि सन् २०११ देखि २०१६ सम्म स्वर्सिजित पिन नं पेस गरी आफ्नो ३ अर्ब रुपैया बैंकले लिएर जालसाची गरेको गरेको लगाएको थियो । तर, बैंकले पुष्टी हुन सक्ने प्रमाणहरु भए सार्वजनिक गर्न र सरोकारवाला निकायसमक्ष पेस गर्न बैंकले चुनौति समेत दिएको छ । 

विज्ञप्तिमा  भनिएको छ, ‘यस बैंकको व्यवसायिक प्रतिष्ठामा आँच पुर्याउन खोजी यस बैंकलाई तिर्न बाँकी रकम यथा समयमा नै भुक्तानी नगरि मुल विषयलाई विषयान्तर गर्न खोज्ने म्याक्समनि एस. डि. एन. वि. एच. डि.को व्यावसायिक आचरण विपरितका कार्यको यस बैंक घोर निन्दा गर्दछ । ’

नेपालबाट बैदेशिक रोजगारीमा मलेसिया गएकाहरुको सुविधालाई ध्यानमा राखी हिमालयन बैंक र म्याक्समनि कम्पनी विच सन् २००८ मा नेपालमा विप्रेषणसेवा प्रदान गर्ने सम्झौता भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप