शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ लाख राशीको दर्नाल अवार्ड सरस्वती नेपालीलाई

बिहीबार, ३१ साउन २०७५, १० : १२
बिहीबार, ३१ साउन २०७५

काठमाडौँ । सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बुधबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा लागि बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिएको छ । उनलाई प्रमाणपत्र र ५ लाख रूपैयाँको राशीका साथ सम्मान गरिएको हो । 

सरस्वती नेपालीसँगै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अन्य पाँच अभियन्ता डडेल्धुराकी कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखकी पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई कदरपत्रद्वारा सम्मानित गरियो ।

‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ अन्तर्राष्ट्रिय द्विवार्षिक पुरस्कार हो । जागरण मिडिया सेन्टर, समता फाउण्डेशन र सरिता परियार ट्रष्टको आयोजनामा दर्नाल अवार्ड सम्पन्न भएको हो । 

अभियन्ता सुभाष दर्नालकी आमा सरिता दर्नाल र समाजसेवी इन्दिरा राना मगरको हातबाट पाँच लाख राशीको पुरस्कार ग्रहण गरेपछि सरस्वतीले भनिन्, ‘‘यो पुरस्कार र सम्मानले मलाई दलित आन्दोलन र सामाजिक न्यायमा लाग्न थप प्रेरणा मिलेको छ ।’’ 

उनले नेपाली समाजमा हुने दलितमाथिको आर्थिक, सांस्कृतिक र लैंगिक र राजनीतिक विभेद अन्त गर्न राज्य संयन्त्रलाई प्रभावकारी र विभेदरहित बनाइनु पर्ने बताइन् ।

दलित अभियन्ता सुभाष दर्नालको देहान्तको वार्षिकीको दिन १५ अगस्टको सन्दर्भ पारेर हरेक दुई वर्षमा दर्नाल अवार्ड आयोजना गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप