शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नो रोनाल्डो, नो ट्रफी : सुपरकपमा रियल पराजित

बिहीबार, ३१ साउन २०७५, ०९ : ३९
बिहीबार, ३१ साउन २०७५

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान बिना पहिलो प्रतिस्पर्धात्मक खेलमा रियल पराजित भएको छ । 

बुधबार राती भएको युइएफए सुपर कपको खेलमा एथ्लेटिको म्याड्रिडले रियललाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि कोके र साउलले अतिरिक्त समयमा गोल गर्दै युरोपा लिग च्याम्पियनलाई सुपर कपको उपाधि दिलाएका हुन् ।

काकेले उत्कृष्ट ‘फिनिसिङ’ र साउलले १६ यार्ड टाढाबाट भली गोल गरेपछि एथ्लेटिकोले तेस्रो पटक सुपर कपको उपाधि जित्न सफल रह्यो ।

यसअघि खेलको ४९ सेकेण्डमा नै डिएगो कोस्टाले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए ।

गेराथ बेलले करिम बेन्जेमाको लागि गोलको अवसर सृजना गरेपछि रियल खेलमा फर्कियो । 

जुआनफ्रानले ह्याण्डबल गरेपछि दोस्रो हाफमा सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए ।

तर, लगत्तै कोस्टाले गोल गर्दै खेल बराबरी गरे ।

खेलको अन्त्यतिर मार्सेलोले गोलको अवसर गुमाएपछि रियलले लगातार तेस्रो पटक सुपर कपको उपाधि जित्ने पहिलो टोलीबाट बञ्चित बन्यो ।

योसँगै एथ्लेटिको म्याड्रिड युरोपा लिग जितेर दोस्रो पटक सुपर कप जित्ने टोली बनेको छ । यसअघि सन् २०१२ मा चेल्सीबिरुद्ध यस्तै उपलब्धि हासिल गरेको थियो ।

यता, रियलले सन् २०१५ को नोभेम्बरपछि पहिलोपटक चार गोल खाएको छ । जिदानको नेतृत्वमा रियलले कहिले पनि चार गोल खाएन । 

त्यस्तै, जुलियान लोपेटेगुई सन् १९४८ पछि आफ्नो पहिलो खेलमा नै चार गोल खाने पहिलो रियलका प्रशिक्षक बनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप