बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आक्रोशितले छाडा चौपाया नगरपालिकाभित्र थुने

बिहीबार, ३१ साउन २०७५, ०९ : १७
बिहीबार, ३१ साउन २०७५

कञ्चनपुर  - लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । 

छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा रहेका छाडा चौपायालाई नगरपालिका कार्यालय परिसरको पर्खालमा थुनेका हुन् । 

चौपाया नगरपालिका कार्यालयभित्र छिराउने क्रममा प्रहरीले रोक्ने प्रयास गरे पनि रोक्न सकेनन् । सयौँको सङ्ख्यामा रहेका स्थानीय बासिन्दा र ठूलो सङ्ख्यामा रहेका चौपायाका कारण पूर्व–पश्चिम राजमार्ग एक घण्टा जाम हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । 

छाडा चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गर्न नगरपालिकाले वडा नं ८ को गिठेमा लैजाने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले आक्रोशित सहभागीलाई बताएपछि उनीहरूले चौपायालाई नगरपालिकामै थुनेर फर्किएका थिए । 

छाडा चौपायाको दीर्घकालीन समाधानका लागि नगरप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “वन तथा वातावरणलाई प्रतिकूल असर नपर्ने गरी सम्बन्धित सामुदायिक वन र वन कार्यालयसँग समन्वय गरी दिगोरूपमा चौपायको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप