शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणबीर–दीपिकाको विवाहमा उपस्थित पाहुनाले फोन बोक्न नपाउने

बिहीबार, ३१ साउन २०७५, ०९ : ०८
बिहीबार, ३१ साउन २०७५

रणबीर सिंह र दीपिका पादुकोणको विवाहले बलिउड बजार तातोको छ । रिपोर्टका अनुसार यो जोडीले नोभेम्बर २० तारिखमा विवाह गर्दैछन् । इटालीमा आयोजना हुने विवाहमा उनीहरुका परिवारका सदस्य र निकै नजिकका साथी गरी विवाहको ३० जनाको सहभागिता हुने बताइएको छ ।

दीपिका आफ्नो विवाहलाई निकै विशेष र गोप्य राख्न चाहन्छिन् । डीएनएको रिपोर्ट अनुसार यसकारण उनले विवाहमा आउने पाहुनालाई मोबाइल र क्यामरा नल्याउनका लागि आग्रह गरेकी छिन् ।

सोनम कपुर र अनुष्का शर्माको विवाहबाट पाठ सिक्दै दीपिकाले यस्तो निर्णय लिएको बताइएको छ । पाहुनाले आफ्नो विवाहको फोटो सोसल मिडियामा पोष्ट नगरुन् भन्ने उद्देश्यले यस्तो गरिएको बताइएको छ ।

आफ्नो यस्तो कदमले विवाहबारे गोपनियता कायम रहने दीपिकाले विश्वास राखेको स्रोतले बताएको छ ।

रणबीर–दीपिकाको विवाहको मिति तयः इटालीमा गरिने, ३० जनालाई निम्तो

रिपोर्टका अनुसार इटालीको ‘लेक कोमो’ मा हुने यो जोडीको फोटो उनीहरु आफैंले उपलब्ध गराउने छन् ।

दीपिकाकी निकै नजिककी साथीले दीपिकालाई इटली निकै मनपर्ने भएकाले उनले डेस्टिनेशन वेडिङको योजना बनाएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप