शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वास्तु टिप्सः कहिले नगर्नुहोस् यी पाँच मूर्तीको दर्शन, बढ्नेछ तपाईंको समस्या

बिहीबार, ३१ साउन २०७५, ०८ : ४९
बिहीबार, ३१ साउन २०७५

वास्तु अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन अशुभ मानिन्छ । भगवानका केही यस्ता स्वरुप र मूर्तीबारे तपाईंलाई जानकारी हुनुपर्छ । वास्तु ग्रन्थमा भगवानको मूर्तीको दिशा र स्थानबारे पनि केही विशेष जानकारी दिइएको छ । यी कुराको ध्यान नराख्दा अशुभ फल देखिन थाल्छ र वास्तु दोष पनि बढ्न थाल्छ । यी वास्तु ग्रन्थमा बताइए अनुसार भगवानको मूर्तीको पिठ्युँ, संख्या र मूर्तीको आकार–प्रकारबारे पनि सावधान हुनुपर्छ ।

१. भगवानको मूर्ती घरमा राख्दा पिठ्युँ नदेखिने गरि राख्नुपर्छ । भगवानको पिठ्युँ देखिनु शुभ मानिँदैन ।

२. पूजा कोठामा एउटै भगवानका दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी यदि दुबै मूर्ती नजिकै वा आमने–सामने छ भने । यस्ता मूर्तीको दर्शन गर्दा बारम्बार झगडा हुन्छ ।

३. कुनै मूर्तीसँग गहिरो आस्था भएपनि यदि टुटेफुटेको छ भने त्यसको दर्शन गर्नु हुँदैन । यस्तो, मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुने गर्छ ।

४. मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जा संचार हुन्छ ।

५. युद्ध वा कुनै विनाश गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गर्नु दुःखको कारण बन्न सक्छ ।

६. घरको मन्दिरमा मूर्तीको उचाई हातको औंला जति हुनुपर्ने मान्यता राखिन्छ । योभन्दा अग्लो मूर्ती सही मानिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप