शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजका पत्रपत्रिकाका सम्पादकीय: ' 'करको कहर'

बिहीबार, ३१ साउन २०७५, ०७ : ११
बिहीबार, ३१ साउन २०७५

नेपाली पहिचान पहुनाको सत्कार । घरम पाहुनाका लागि छुट्टै काोठा बनाउने । 
पर्यटकहरुले नेपाली अनुाहारमा त्यही स्वागतभवको मुस्कान देखे ।
नेपाल कुनै अन्तर्राष्ट्रिय प्रचारप्रसार बनारमा लगनी गरेर लोकप्रिय भएको गन्तब्य होइन । 
साहुसिला पर्यटकहरुले मुखैले फलाक्दै हिँडेकाले एउटा पर्यटन मुकाम हुन सेकेको हो । 
पर्यटन व्यवसायी चल्ने भनेकै निजी क्षेत्रको अग्रसरताले हो । 
त्यो निजी क्षेत्रभित्र पसेको धन्दाभाव आज सरकारी संयन्त्रलाई निकम्मा बनाउन सक्षम भएको छ र देशको छवि धामिल्याउन ।, आजको कान्तिपुर दैनिकमा पर्यटन सेवा होईन धन्दा शिर्षकमा सम्पादकीय छापिएको छ । 

नागरिक त्यतिबेला खुसीसाथ कर तिर्न तयार हुन्छन् जतिबेला तिनको जीवनस्तर पनि सुध्रिन्छ । 
नागरिकलाई कर तिरौँतिरौँ लाग्ने बनाउन राज्य ढुकुटीम भएके खर्च पनि औचित्यपुर्ण हुनुपर्छ । 
जनप्रतिनिधिले मुलुकको अवस्थासमेत बेवास्ता गरी बढी सुविधान लिन खोज्ने र त्यसको भार सर्वसाधारणले बेहोर्नुपर्ने अवस्था कुनै अर्थमा उचित हुन सकदैन ।, आजको नागरिक दैनिकमा करको कहर शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रायजसो सरकार बदलिएसँगै सार्वजनिक संस्थानका प्रमुखहरु पनि हेरेफेर गर्ने पुरानो पचलनलाई वर्तमान ओली सरकारले पनि दोहोर्याएको छ । 
२०४८ सालपछि नै सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेप हुँदै आएको हो । 
जुनसुकै दल सत्तामा पुगे पनि सार्वजनिक सस्थानहरु भर्तीकेन्द्र बनाइँदै आएका हुन् । 
सञ्चालक समिति र उच्च तहका व्यवस्थापकलाई सोझै राजनीतिक नियुक्तिका पद नै बनाइयो, जबकी फरक फरक ऐन अन्तर्गत स्थापना भएका कुनै पनि सार्वजनिक संस्थानका प्रबन्धपत्र, नियमावलीमा यस कुराको उल्लेख नै छैन । 
सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज भए पनि सरकारले सार्वजनिक संस्थानहरुमा नियुक्तिका लागि निश्चित मानक बनाउनैपर्छ ।, आजको कारोवार दैनिकमा व्यवस्थापन करारको मोडल शिर्षकमा सम्पादकीय छापिएको छ ।

मलेसियाका प्रधानमन्त्री महाथरि मोहम्मदले नेपालबाट श्रमिक आपुर्ति भइरहेको अहिलेको विधि फेरेर देशका सरकारबीच सम्mझौता गरी सरकारी संयन्त्रबााटै श्रमिक आपुर्तिको व्यवस्था मिलाउन चाहेको बताएका छन् । 
नेपालमा पछिल्लो समय मलेसियामा जाने कामदारमाथि भइरहेको अत्याधिक शोषण रेकी श्रमिकको हकहितको सुरक्षा गर्न दबाब बढ्दै गएको छ । 
मलेसियन सरकारले चासो राखेको वेलमै श्रमिकको हितमा दुई देशबीच आवश्यक सम्झौता गरी नेपालीको हितमा कम गर्नु उपयुक्त हुन्छ ।, आजको नयाँ पत्रिकामा तातेको फलाम शिर्षकमा सम्पादकीय छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप