शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

बिहीबार, ३१ साउन २०७५, ०६ : ३२
बिहीबार, ३१ साउन २०७५

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ । 

–दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने
–सुरक्षाको गेट सर्वसाधारणलाई बन्द
–प्रविधिमैत्री सिंहदरबार बनाइने
–चारवटै गेटमा डिजिटल गेट राख्ने
–भीड घटाउन एकद्वार प्रवेश पास
–गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप