शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरीलाई डोजर भरोसा !

बिहीबार, ३१ साउन २०७५, ०६ : ०१
बिहीबार, ३१ साउन २०७५

जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । 
सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले । 

तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । 

तर जने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । 

सवारीसाधान चल्न छाडेको धेरै भएको थियो । 
व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो । 

यस्तै अप्ठेरोम स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे । 
राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन । 
शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बहान मिलनकै डोजरमा उनी घर फर्किइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप