मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक संस्थामा गराइएको आत्मघाती हमलामा ४८ जना मारिए

बुधबार, ३० साउन २०७५, २२ : १४
बुधबार, ३० साउन २०७५

काबुल- अफगानिस्तानको काबुल नजिककाे एक  शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या ४८ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् । 

“पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ । शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताएका छन् । 

आक्रमणको  कसैले जिम्मेवारी लिएको छैन । तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ । 

हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप