शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

बुधबार, ३० साउन २०७५, १९ : ४२
बुधबार, ३० साउन २०७५

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा काठमाडौँ, तारकेश्वर नगरपालिका–१० का ४० वर्षीय सुनीलचन्द्र प्रधान र भक्तपुर नगरपालिका–१४ का ३३ वर्षीय महादेवजंग राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

होटेल व्यवसायमा संलग्न महिलालाई मदिरा र खाजा खान आएको समयमा तिनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । 

मदिरा र खाजा खाइरहेका बेलामा भान्छाकोठामा आई जबर्जस्ती करणीको प्रयास गरेको पीडितले प्रहरीको दर्ता गरेको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप