मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ २३ मा ‘इविजा फेसन नाइट’ हुने

बुधबार, ३० साउन २०७५, १८ : १२
बुधबार, ३० साउन २०७५

काठमाडौं– ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उदेश्यसहित राजधानीमा ‘इविजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ । ८ सेप्टेम्बर अर्थात भदौ २३ गते ‘इविजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् ।

पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनिक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्याम्पमा प्रस्तुत गर्नेछन् । प्रवद्र्धन, व्यवस्थापन गर्दै फेसनबारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इविजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए ।

इविजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो । मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवि धमला लगायत छनौट अडिसनको निर्णायकमा रहेका थिए ।

१४० बढी नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका छन् । उत्कृष्ट भन्दा पनि उत्कृष्ट मोडल फेसन नाइटका लागि अडिसन मार्फत छानिएको आयोजकको भनाई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप