शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता

बुधबार, ३० साउन २०७५, १७ : २१
बुधबार, ३० साउन २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका डेबिट कार्डहोल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहबीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका डेबिट कार्ड होल्डरहरु र कार्ड होल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डीक नन इन्भेसिभ परिक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप