शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गल्फ लुब्रिकेन्टद्वारा डिलरहरु सम्मानित, उत्कृष्टलाई भिटारा ब्रेजा कार र मोटरसाइकल

बुधबार, ३० साउन २०७५, १६ : २६
बुधबार, ३० साउन २०७५

काठमाडौं । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर गरेको रिटेलर्स मिटमा वितरकहरुलाई पुरस्कृत गरेको छ । एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिंक र डीएस ट्रेड लिंकले सुजुकी भिटारा ब्रेजा कार पुरस्कार स्वरुप पाएका छन् ।

त्यसैगरी एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० सीसी बाइक पाएका छन् । अनि एभ मोटर्स, सोनित अटो पार्ट्स र धनश्री अटो केयरले यामाहा सलुटो बाइक पाएका छन् । त्यसैगरी ताजपुरिया ट्रेड लिंक, अमन ट्रेड लिंक र कमल ट्रेड लिंकले थाइल्यान्ड भ्रमण गर्ने मौका पाउने भएका छन् । रिटेलरहरुलाई भने एलईडी टीभी, ल्यापटप, केटल आदि समेत प्रदान गरिएको थियो । 

डिलरहरु मध्ये आर्थिक वर्ष ०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष ०७५/७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने वितरकहरुलाई विभिन्न पुरस्कार वितरण गरेको हो । नेपाल ल्युब आयलले ३२ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।

सो अवसरमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्वपूर्ण भूमिका हुने बताए । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष प्रकाश कपुरी, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी संघका अध्यक्ष मधुसूदन आचार्यले देश निर्माणमा मेकानिक्सहरुको महत्वपूर्ण भूमिका भएकाले स्तरीय पार्ट्स र लुब्रिकेन्ट उपलब्ध गराएर रिटेलरहरुलाई सडक सुरक्षा र देश निर्माणमा भूमिका खेल्न आग्रह गरे । 

एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी स्किमको वारेमा जानकारी दिदै सधै जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गरे । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तर तथा यसको समग्र बजार अवस्था वारेमा जानकारी प्रदान गरेका थिए । 

उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरु सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप