बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय झण्डा फहराउँदै मोदीले गरे तीन घोषणा

बुधबार, ३० साउन २०७५, १५ : २०
बुधबार, ३० साउन २०७५

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पाँचौँ पटक लालकिल्लामा भारतीय झण्डा फहराए । 

७२औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन कार्यक्रमपछि मोदीले लालकिल्लाको मञ्चबाट ८२ मिनेटको भाषण दिए । उक्त भाषणको क्रममा मोदीले तीन नयाँ कार्यक्रमको घोषणा गरेका छन् । 

पहिलो घोषणामा मोदीले सन् २०२२ को स्वतन्त्रताको ७५औं वर्षगाँठमा भारतले अन्तरिक्षमा मानवसहितको अभियान पठाउने बताए । भारतले अन्तरिक्षमा मानिस पठाएमा ऊ त्यसो गर्ने चौथो राष्ट्र हुनेछ । 

यस सम्बन्धमा मोदीले भने, “आज लालकिल्लाको यो स्थानबाट देशबासीहरूलाई एक खुसीको खबर सुनाउन चाहन्छु । हाम्रो देशले अन्तरिक्षको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको छ । स्वतन्त्रताको ७५ वर्ष पूरा हुने सन् २०२२ भन्दा पहिले भारतको कोही सन्तान अन्तरिक्ष जानेछ । त्यो छोरा पनि हुन सक्छ छोरी पनि हुनसक्छिन् ।”

संसारमा हालसम्म रुस, अमेरिका र चीनले मात्र अन्तरिक्षमा मानव पु¥याएका छन् । रुसले सन् १९६१ मा, अमेरिकाले सन् १९६८ मा र चीनले सन् २००३ मा मानव अभियान अन्तरिक्षमा पठाएका हो ।
दोस्रो घोषणमा सशस्त्र बलहरूमा रहेका महिलाहरूलाई पुरुषको बराबर स्थायी कमिसन दिइने कार्यक्रम छ । 

यसबारे सम्बोधनका क्रममा मोदीले भने, “म आज यो मञ्चबाट मेरा केही बहादुर छोरीहरूलाई खुसीको खबर दिन चाहन्छु । भारतको सशस्त्र सेनामा सर्ट सर्भिस कमिसनमार्फत नियुक्त महिला अधिकारीहरूलाई पुरुष समकक्षी अधिकारीहरू जस्तै पारदर्शी प्रक्रियाद्वारा स्थायी कमिसन दिने घोषण गर्दछु ।”

तेस्रो घोषणामा १० करोड गरिब भारतीय परिवारहरूलाई पाँच लाख भारुसम्मको निःशुल्क स्वास्थ बिमा दिने कार्यक्रम थियो । यो कार्यक्रम डिसेम्बर २५ बाट आयुष्मान भारत योजना सुरु हुनेछ ।

नरेन्द्र मोदीले आयुष्मान योजनाबारे बोल्दै भने, “आयुष्मान भारत योजनामा पहिले १० करोड गरिब परिवारलाई समावेश गरिनेछ । पछि उच्च मध्यम वर्ग र मध्यम वर्गलाई पनि लाभ दिइनेछ । हामी प्रत्येक वर्ष पाँच लाख भारु सुविधा दिँदै छौँ । सुविधा पाउनेलाई अफ्ठ्यारो नहोस् भन्नको लागि प्रविधिको सहयता लिइनेछ ।”

भाषणको चालीस मिनेट उनले आफ्नो सरकारको उपलब्धिहरूकै बयान गरे । यस क्रममा उनले आफ्नो सरकारले गरेको कार्यहरू जीएसटीदेखि लिएर भान्सामा प्रयोग हुने ग्यास, गाउँमा बिजुली, शौचालय र कालो धनजस्ता मुद्दाबारे बोले । 

‘कङ्ग्रेसको गतिमा देशका योजनाहरू सय वर्षमा पनि पूरा हँुदैन थियो’

यस क्रममा उनले प्रमुख प्रतिपक्षी र उनीअघि सरकारमा रहेको कङ्ग्रेसलाई नाम नलिई पटक पटक उडाए ।

मोदीले सन् २०१३ सम्म योजनाहरूको जुन गति थियो, त्यही सन् २०१४ पछि पनि कायम रहेको भए कयौँ योजनाहरू पूरा हुन वर्षौं लाग्ने बताए । 

मोदीले भने, “सन् २०१३ मा हाम्रो देश जुन रफ्तारमा चलिरहेको थियो, हामीले त्यसलाई आधार मानेर पछिल्लो चार वर्षको कामको लेखाजोखा लिने हो भने तपार्इंले देश कुन गतिले अघि बढ्यो भन्ने अन्दाज लगाउन सक्नु हुन्छ ।”

मोदीले यसबारे थप बोल्दै भने, “सन् २०१३ को रफ्तारमा चलेको भए शौचालय बनाउन दशक लाग्थ्यो । सन् २०१३ को आधारमा गाउँमा बिजुली पु¥याउन एक दुई दशक अरू लाग्थ्यो । सन् २०१३ को रफ्तारमा ग्यास सञ्जाल र गरिब आमाहरू माझ धुवाँ मुक्त चुल्हो पु¥याउन सय वर्ष पनि कम पथ्र्यो । गाउँमा अप्टिकल फाइबर बिछ्याउन त झन कयौँ पिढी लाग्थ्यो होला ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप