बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

बुधबार, ३० साउन २०७५, १५ : ०१
बुधबार, ३० साउन २०७५

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।  नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेश लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार, नारायणी अटो बिजनेशबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् ।

जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप