बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदले महालेखा परीक्षकलाई सोधे, गृहको गोप्य खर्च कति छ ?

बुधबार, ३० साउन २०७५, १३ : ५४
बुधबार, ३० साउन २०७५

काठमाडौं–सांसदहरुले महालेखा परिक्षक टंकमणि शर्मालाई  गृह मन्त्रालयको गोप्य खर्चको बारेमा जानकारी राख्न भनेका छन् । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित सांसदले महालेखा परीक्षक शर्मालाई गृहको गोप्य खर्च खोतल्न भनेका छन् । 

समिति सदस्य विरोध खतिवडाले गृहबाट हुने खर्चका विषयमा शर्माको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘गृहमन्त्रालयबाट गोप्य रुपमा ठूलो खर्च भनिएको छ  भन्नु भएको छ तपाईंले हामीलाई देखाउन नमिल्ने त्यस्तो खर्च कति हो ?’ 

समिति सदस्य खतिवडाले सरकारको जग्गा केही व्यापारीले सस्तो भाउमा लिजमा दिने भएकाले यसमा कठोर ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । समिति सदस्य धर्मशिला चापागाईले लेखा परीक्षणमा हुने ढिलाईमा महालेखा परीक्षकको कार्यालय जवाफदेही हुनुपर्ने बताइन ।

सार्वजनिक लेखा समितिका सदस्यहरूले लेखा परिक्षणका क्रममा परिक्षण गर्ने व्यक्तिले लेनदेन लगायतको काममा संलग्न भएको भन्दै महालेखा परिक्षक कार्यालयको ध्यानाकर्षण गराएका हुन् । 

यता महालोखा परिक्षक  शर्माले विकास निर्माणमा व्यापक बेथिति देखिएको  समितिलाई जानकारी गराए । शर्माले गृहको मात्र नभएर सम्पूर्ण सरकारको के कति सम्पत्ति छ भन्ने लेखा जोखा नभएको स्पष्ट पारे । 

साथै, राष्ट्रिय गौरवको आयोजनामा परामर्श खर्च नै धेरै हुने गरेको उनले भने । स्पष्ट नीति बिना नै ७ अर्ब खर्च भएको उनले जनाए ।  सडक निर्माण, सिंचाइ, टुक्रे आयोजनामा रमक विनियोजन गरेको, आयोजना सञ्चालनमा समन्वय हुन नसकेको, कतिपय विकास निर्माण कमजोर रहेको औल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप