शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सरको उपचार गराइरहेका इरफान खानले दुःखी मनसहित दिए यस्तो जानकारी

बुधबार, ३० साउन २०७५, १३ : १८
बुधबार, ३० साउन २०७५

बलिउडका कलाकार इरफान खान लण्डनमा आफ्नो क्यान्सरको उपचार गराइरहेका छन् । हालै इरफानको छैटौं र अन्तिम किमो गरिएको बताइएको थियो । पाँचौं किमोपछि उनलाई कमजोरी महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको थियो ।

इरफानले गत सोमबार फेसबुकमार्फत वेब सिरिज गोर्मिन्ट छोडेको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘दुःखी मनसहित म यो भन्न चाहन्छु कि अहिलेको मेरो स्वास्थ्य अवस्थाका कारण मैले उक्त सिरिजलाई अभिनयको जुन प्रतिबद्धता दिएको थिएँ, त्यो पूरा गर्न सक्दिनँ ।’

उक्त सिरिजका धेरैजसो दृश्यको छायांकन गरिसकिएको छ । इरफानले उक्त सिरिजमा काम गर्दा निकै मजा आएको बताए ।

उनले प्रोजेक्टमा संलग्न सबैलाई आफ्नो अवस्था बुझिदिएकोमा र निरन्तर समर्थन गरेकोमा  धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप