शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगलागीबाट रु तीन लाखको क्षति

मङ्गलबार, ०३ साउन २०७४, ११ : ३४
मङ्गलबार, ०३ साउन २०७४

लहान -सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । 

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । 
यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, च्युरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप