मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मह संचारको अबको चलचित्र ‘दाल, भात तरकारी’

बुधबार, ३० साउन २०७५, १२ : ३१
बुधबार, ३० साउन २०७५

काठमाडौं – लामो समयपछि ‘शत्रु गते’ मार्फत निर्माणमा फर्किएको महसंचारले अर्काे चलचित्र ‘दाल, भात, तरकारी’ घोषणा गरेको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रमबाट चलचित्रको घोषणा गरिएको हो ।
कार्यक्रममा महसंचारका म अर्थात मदनकृष्ण श्रेष्ठले ‘शत्रु गते’ प्रति दर्शकले देखाएको मायाले अर्काे चलचित्र निर्माण गर्न हौसला मिलेको बताए । हरिबंश आचार्यसँगको आफ्नो सहयात्राले ३९ बर्ष पुरा गरेको बताउँदै श्रेष्ठले आचार्यसँगको सहयात्राले जीवनमा परेका जटिल अप्ठ्यारो समेत सहज हुने गरेको सुनाए । उनले ‘शत्रु गते’ जस्तै ‘दाल भात तरकारी’ पनि उत्कृष्ट बनाउने दाबी गरे ।

त्यस्तै मह संचारका ह अर्थात हरिबंश आचार्यले ब्यवसायका लागि निरन्तर चलचित्र बनाइरहेको बताए । उनले अहिले घोषणा गरेको चलचित्रले तीन पुस्ताको प्रतिनिधि गर्ने सुनाउँदै ‘दाल भात तरकारी’ आम मानिसको कथा भएको सुनाए । ‘दाल भात तरकारीका लागि कस्तो कस्तो संघर्ष भइरहेको छ भन्ने बिषय चलचित्रले देखाउने छ’, उनले भने । 

किरण केसीको प्रस्तुति रहेको चलचित्र सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदन किरण केसीका छोरा हुन् । उनको यो डेब्यु चलचित्र हो । डेब्यु चलचित्र भएपनि राम्रो काम गरेर देखाउने सुदनले बताए ।

मदकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, पुष्प खडेका, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितबंश आचार्य,  विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । 

अभिनेत्री प्रियंकाले चलचित्रमा आफ्नो सानो भएपनि महत्वपुर्ण भुमिका रहने जानकारी दिदा अर्की अभिनेत्री बर्षा राउतले महसंचारको ब्यनरमा काम गर्न पाउँदा निकै गर्भ महशुस भएको बताइन् । 

हरिबंश आचार्यको गीत, सम्भुजित बास्कोटाको संगीत रहने चलचित्रमा एक्सन रोशन श्रेष्ठको रहनेछ । चलचित्र छिट्टै छायाँकनमा निस्कने तयारी भइरहेको कार्यक्रममा जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप